बनगाड कुपिण्डेले जेष्ठ नागरिकको लागि योजना वनाई अघि वढ्ने
दुर्गा वि।सी।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले जेष्ठ नागरिकहरुसँग आज अन्र्तक्रियामुखि कार्यक्रम गरेको छ । आफ्नो नगरमा रहेका जेष्ठ नागरिकहरु विभिन्न खाले घरायसी समस्या हुने गरेकाले जेष्ठ नागरिकको हेरचाहा र बाबु आमा प्रति छोराछोरीले दाईत्व वोध नगर्ने भएकाले यस प्रति सजग रहन अनुरोध गरिएको छ ।
जेष्ठ नागरिकको हेरचाहा र उनिहरुलाई के गर्न सकिन्छ । कस्ता खाले समस्या छन् भनेर आज जेष्ठ नागरिक,जनप्रतिनीधी सरोकारवाला निकाय विच छलफल कार्यक्रम समेत गरिएको छ । कार्यक्रम उपस्थित अधिकांस जेष्ठ नागरिकहरुले जस्ले नी वृद्ध भई सकेपछि हेलाँको पात्र हुने गरेको दुखेसो पोखेका थिए । जेष्ठ नागरिकले छोराछोरीले आफ्ना आमावुवा प्रीत दाईत्व वोध नगराएको गुनासो गरेका थिए । नगरमा जेष्ठ नागरिकहरुका मुख्य समस्या के छन् र तीनीहरुको समाधान कसरि गर्न सकिन्छ भनेर आज बनगाड कुपिण्डे नगरपालिकाले वृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुनले आउँदो आर्थिक वर्षमा जेष्ठ नागरिकका लागि वडा र नगर स्तरिय कार्यक्रम तर्जुमा गर्ने जनाउनु भएको छ । जेष्ठ नागरिकको प्रकृति हेरर खानपान,स्वास्थ्य र आवास जस्ता कुरामा आगमी वजेटबाट सम्बोधन गर्ने उहाँको भनाई छ । निती निर्माण गरेर जेष्ठ नागरिकका समस्या समाधान प्रति आफु लाग्ने नगर प्रमुखको भनाई रहेको छ । जेष्ठ नागरिक सम्बन्धी सरोकारवाला विच भएको अन्र्तक्रियामा जेष्ठ नागरिकहरु,नगर उप प्रमुख मञ्जु यरी,प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्री, १२ वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
जेष्ठ नागरिकको स्याहार सुसारमा प्रमुख कतव्र्य छोछोरिको भएको औल्याएको थियो । आफ्नो वडा टोल,छरछिमेक र घरमा जेष्ठ नागरिको स्याहारमा सवैले सकारात्मक सोच ल्याउन जरुरी रहेको वताएको छ ।