बनगाड कुपिण्डे नगरपालीकाको ९ करोड २१ लाख वजेट फ्रिज
दुर्गा वि.सी.÷श्रावाण,३१
सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको ९ करोड २१ लाख वजेट फ्रिज भएको छ । आव ०७५।०७६ को वजेट सवै भन्दा वढि विद्युत र शिक्षामा कुनै काम नभई फ्रिज गएको जनाएको छ ।
नगरपालीकाले यो आर्थीक वर्षमा ६ वटा मन्दीर तथा चौतारा, २० लाख भन्दा माथिका वजेटका ५८ वटा सडक निर्माण,१७ वटा सिचाई कुला, प्रहरि विटसँगै ३ वटा भवन, १ स्थानमा उर्जा तर्फ वावियाचौरमा विद्युतीकरण विस्तार,शिक्षा तर्फ पर्खाल,घेरवार,गेट निर्माण गरि ३२ वटा विद्यालयको निर्माण कार्या,२८ वटा खानेपानी निर्माण,खोप किल्निक घर निमार्ण भएको जनाएको छ । त्यसै गरि प्रधानमन्त्री रोजगार कार्यक्रमको वजेट ६ नं. वडा वाहेक सवै वडाहरुमा सिचाई कुला,चौतारा र विद्यालयको फिल्ड निर्माण कार्यमा खर्च भएको रोजगार संयोक भिम पुनले वताउँनु भएको छ । ६ नं. वडाको काम वाहेक अन्य सवै ११ वटै वडाहरुमा राम्रो गुणात्मक काम भएको र १ प्रीतशत वराराको रकम मात्रै फिर्ता भएको उहाँको भनाई छ । बनगाड कुपिण्डे नगर पालीकाका प्रमुख प्रशाासकिय अधिकृत हरि वहादुर खत्रीका अनुसार यो आर्थिक वर्षमा थुप्रै रकम काम नभएर थन्कीएकोमा चिन्ता व्यक्तm गर्नु भयो । आउँदो वर्षमा भने सत प्रतिशत काम गर्नका लागि सुरुबाटै कामलाई तिव्रता दिने जनाउनु भएको छ । सवै भन्दा वढि रकम काम नभएर शिक्षा र विद्युतीकरणमा अट्किएको छ । रकम फिर्ता हुनुमा र काम नहुनुमा समयमा नगर सभा नहुदाँ यो अवस्था आएको नगरपालीकाले जनाएको छ । ६ महिना ढिला भई नगर सभा भएको थियो । त्यसैको परिणाम स्वरुप समयमा काम हुन पाएन र वजेट फ्रिज भयो । यो वर्ष गत वर्षको वजेट र चालु आर्थिक वर्षको रकम एकिकृत भएर काम हुने जनाएको छ । नगरको विकासको लागि जनप्रतिनिधीको इच्छाशक्ती भएमा राम्रो काम गर्न सकिने नगरका कर्मचारिहरु वताउँछन् । तर स्थानीय जनाकारहरु भने ९ करोड वजेट फ्रिज हुनु भनेको विकास पछि धकिल्नु हो । शिक्षा,स्वास्थ्य,विद्युत लगाएतका थुप्रै समस्यामा जेलिएको नगरपालीकामा काम नभएर पैसा थन्किनुले राम्रो सन्देश नगएको स्थानीयको भनाई छ । जनप्रतिनीधिहरु जनताका समस्या प्रति र विकास प्रति भन्दा ध्यान अन्तै केन्द्रीत हुदाँ स्थानीय निर्वाचन भएको ३ वर्ष वित्न थाल्यो तर काम भने जनचाहान अनुसार नभएको दुखेसो छ ।