बनगाड नगरबासिलाइ खानेपानीको चरम संकट, महिला सन्जालद्धारा ध्यानाकर्षण

  १२ जेष्ठ २०७५, शनिबार १७:२४

इन्द्रबहादुर बुढाथोकी

सल्यान -१२ जेठ,
इन्द्रबहादुर बुढाथोकी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेका १२ वटै वडामा खानेपानीको चरम संकट परेको छ ।

नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजार लगायतका वडामा बिगत फाल्गुन महिना देखि खानेपानीको संकट परेको हो । खानेपानीको संकट परेपछि सल्लीबजार बासी महिला तथा पुरुषहरुले तत्काल खानेपानीको व्यवस्थापन गर्नुपर्ने भन्दै बुधबार नगरपालिकालाई रित्तो गाग्री, कुटोकोदाला र खानेपानीको पाइप लगेर नगरलाइ ध्यानाकर्षण गराएका छन ।

बर्षेनी सुख्खा समय लागेपछि सल्लीबजारमा खानेपानीको चरम संकट हुने गर्दछ । जति सक्यो चाँडो भन्दा चाँडो बजार बासिलाइ खानेपानी व्यवस्थापन गर्ने सल्लीबजार महिला समूहले जोडदार माग गरेको हो ।

यदि अवपनी नगरपालीकाले खानेपानी समस्या प्रति वेवास्था देखाए चरणवद्ध आन्दोलन चर्काउने र नगरपालीकामा ताला बन्दी गर्ने सल्लीवजार महिला समुहकी अध्यक्ष गिता खड्काले वताउनु भयो । त्यसै गरि सोही मागको ध्यानकर्षण गर्न सल्लीवजार महिला समुहसँग नगरपालीका पुगेका अर्का स्थानीय शंकर यरीले समेत खानेपानी प्रति चासो नदिए आन्दोलन हुने वताउनु भयो । महिलाको यो मागमा पुरुषहरुको पनि सहयोग रहने प्रतिबद्धता उनले जनाएका छन् ।

बनगाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द पुनले नगरका प्रविधिकलाई २ महिना अघि वजारमा खानेपानी व्यवस्थापनका लागि प्राविधिक स्टेमेट तयार गर्न निर्देशन दिएका थिए । तर प्राविधिकहरुले स्टेमेट तयार नवनाउदा काममा ढिलाई भएको मेयर पुनले वताएका छन ।

प्राविधीक स्टेमेट रिर्पोट तयार पारी काम अघि वढाउन नगर प्रमुखले गरेको ताकेतालाई नगरका इन्जीनीयर तथा प्राविधीकले ढिलाई गर्दा काम अघि वढ्न नसकेको जनाएको छ । केहि समय अगाडि अहिलेको आर्थिक वर्षमा सल्लीबजारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानबाट आएको २४ लाख ५० हजार बराबर बजेटको उपभोक्ता समिति बनेको ४ महिना सम्म पनि योजना सम्झौता गरेर काम गर्न नसक्दा आउदो आर्थिक वर्षमा नियमित क्रमागत आउने बजेट ५ करोड बराबरको लिफ्टिङ्ग खानेपानी आयोजना अलपत्र हुनेछ । ५ करोड बराबरको १ प्रतिशत रकम जम्मा गर्नु पर्ने तर उपभोक्ता समिति बनेको ४ महिना बितिसक्दा पनि रकम जम्मा गर्न नसकेका कारण योजना सम्झौता गर्न कार्यालयमा आएको छैनन ।

सम्झौता गर्नेका लागी आउन पटक पटक आग्रह गरेपनी समिति आउन नसकेको कारण अब खानेपानीको योजना नै अलपत्र पर्ने सम्भावना रहेको खानेपानी डिभिजन कार्यालय सल्यानले जानकारी दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website