बन्दले सल्यानको जनजिवन प्रभावित

  ५ बैशाख २०७६, बिहीबार १४:२७

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । सरकारले आफुहरुमाथि दमन गर्न खोजेको आरोप र आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै बिहीबार बन्दको आब्हान गरेको हो ।

सल्यानमा बन्दको प्रभावले लामो तथा छोटो दुरिका सवारीसाधनहरु सञ्चालन हुन सकेका छैनन् जसले यात्रुहरु एकठाउँबाट अर्को ठाउँमा  पुग्न सकेका छैनन् । बन्दको प्रभावले जिल्लाका प्रमुख ब्यापारीक केन्द्रहरु श्रीनगर, थारमारे, सल्लीबजार, खलंगा पुर्ण रुपले पसलहरु बन्द छन् । जस्ले गर्दा किनमेल गर्नआउनेहरु मारमा परेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website