बरलामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
नेपाली काग्रेस शारदा नगरपालिका वडा नं. ६ को आयोजनामा नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वडा सभापति लोक बहादुर भण्डारीको सभापतित्व एवम् नेपाली काग्रेस सल्यानका जिल्ला सचिव प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाको पाटि गतिविधिको समिक्षा गर्नुका साथै विभिन्न पार्टि परित्याग गरि नेपाली काग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा शारदा नगरपालिकाका उप प्रमुख शावित्रा बस्नेत, जिल्ला सम्वन्य समिति सल्यानका सदस्य सुस्मिता सापकोटा, वडा अध्यक्ष भिकराज बुढाथोकी, दलित संघ सल्यानका उपाध्यक्ष दिल बहादुर परियार लगाएतको सहभागिता रहेको थियो ।
नगरसदस्य चेतकान्त शर्मा, नेपाल विद्यार्थी संघ सल्यानका सदस्य तरुण बस्नेत निर्वाचित जन प्रतिनिधि स्थानिय वासि लगाएतले समिक्षा कार्यक्रममा सहभागित जनाएका थिए ।
- 178Shares