बागचौर नगरपालिकाको प्रथम मेयर कप उद्घान ।

  २ जेष्ठ २०७६, बिहीबार १०:३७

बागचौर नगरको शान ,स्वस्थ जिबन र खेलकुद प्रबर्द्धन हाम्रो अभियान भन्ने मुलनाराका साथ सल्यान बागचौर नगरपालिकाको प्रथम मेयर कप खेलकुद प्रतियोगिता सल्यानको थारमारेमा बुधबार देखी शुरु भएको छ ।

प्रथम मेयरकप कार्यक्रमको उद्घाटन सल्यान क्षेत्र नं.(क) का प्रदेश सासंद तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहको प्रमुख आतिथ्यता र बनगाड कुपिण्डे नगरपालिकाका का नगरप्रमुख एवं नेपाल कम्युनीष्ट पार्टी ( नेकपा) सल्यानका जिल्ला संयोजक गोबिन्द पुनको बिशिस्ट आतिथ्यतामा उद्घाटन गरिएको छ ।

बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीको अध्यक्षता र उप (प्रमुख कल्पना पुनको स्वागत मन्तव्य बाट सुरु भएको बागचौर नगरपालिकाको प्रथम मेयर कप उद्घाटन कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसि कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढा, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसि, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेकपाका कर्णाली प्रदेश सदस्य कृर्तिबहादुर पुन नेपाली काग्रेस सल्यान क्षेत्र नं. १ का सभापति गोरख केसि लगाएतकाले प्रथम मेयर कप खेलकुद प्रतियोगिताको सफलताको लागी शुभकामना मन्तव्य गर्नुभएको भएको थियो ।


जेठ १ गते बिधिबत रुपमा उद्घाटन भएको प्रथम मेयर कप खेलकुद प्रतियोगिता जेठ ६ गते सम्म संचालन हुने र उक्त कार्यक्रममा बागचौर नगरपालिकाका १२ वटै वडाहरुबाट दर्जनौं प्रतियोगितात्मक कार्यक्रमलाई समाबेश गरिएको आयोजक टिमले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website