बाबु आमा विहीन २ वालक विचल्लीमा
दुर्गा वि।सी
बैशाख,१९ सल्यानको बनगाड कुपिण्डे वडा ७ लेखसँग्रही दारिमचौरका २ वालक अभिभावक विहीन भएका छन् । घरमा बुवाको मृत्यु र आमाले दोस्रो विभावाह गरेका कारण दुई २ वर्ष देखि घुमन्ते जिवन विताएका छन् । दारिमचौर नीवासि वीरवहादुर पुनको ३ वर्ष अघि मृत्यु भएको थियो भने आमा तुल कुमारी पुन अर्को व्यक्तीसँग विवाह गरे पछि उनिहरु विचल्लीमा परेका छन् । ९ वर्षिया मोहन पुन र ७ वर्षिया जुना पुन यतीवेला डुल्दै मागेर जिवन चलाएका छन् । घरको अन्य अभिभावक समेत नहुदाँ उनिहरु १ वर्ष देखि सडक पेटी र कहिले जँगलको वास वस्ने गरेका छन् । विद्यालय देखि पढाई लेखाईको कुरा त परै जावस खानेकुरा केहि नपाउँदा उनिहरु भोक भोकै दिन रात गुर्जाने गरेका छन् । घरमा अन्य आफ्न्त अभिभाक नभएको र गाउँघरले समेत रेखदेख नगरको उनिहरुको दुखेसो छ । दोस्रो विवहा गरि अर्काको घर गएकी आमालाई भेटन जाँदा आमा तुल कुमारी पुनले मरानसन्न हुने गरी कुटेको वहिनी जुनाले वताईन्। यतीवेला वस्ने घर र खानेकुरा केहि नहुदाँ दुई भाई गाउँछोडि वाहिर डुल्ने गरेको जनाए । बाबाको मृत्यु र आमाले दोस्रो विवाह गरे पछि उनिहरु विचल्लीमा परेका छन् ।उनिहरुको रेख देख गर्ने अभिभावक समेत कोहि नभएको वुझिन्छ ।