‘बाह्रमासे फूल’मा टकंराज कुलुङको चर्चा -भिडियो सहित​

  २७ बैशाख २०७५, बिहीबार १९:२५

हरेक पोष्ट​

काठामाडौं – २७ वैशाख,

टकंराज कुलुङको बाह्रमासे फूल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सोलुखुम्बु स्थायी घर भएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका कुलुङ पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् । उनले करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसेका छन् ।  म्युजिक भिडियोमा दर्शकको माया अनि आफ्नो कामको सफलताले अगाडि बढ्न अझ हौशला मिलेको उनको भनुवभ छ ।

बाह्र मासे फूलको म्यूजिक भिडियोमा युगल जोडी बीचको माया प्रेमको प्रसंग मात्र नभएर, नेपाली संसकृति तथा प्रकृतिको सुन्दरतासँग पनि जोडिएको कुलुङ बताउँछन् ।

यस गीतमा कन्सकाइट राई र दिपा लामालको स्वर तथा डा. किराँतको संगीत रहेको छ । तस्बिर एल्वमा समावेश यस गीतको शब्द दिलिप राईले लेखेका हुन् भने बुद्ध स्याङबाले एरेन्ज गरेका छन् ।

भिडियोमा अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ, केट्रीन होङेलु तथा हित शंकर कुलुङ लगायको अभिनय छ ।

टंकराज होङेलु कुलुङको निमार्ण गरेको यस गीतलाई गोविन्द राज भण्डारीले निर्देशन तथा राजकुमार कुलुङ र गगाँ राम खालिङले छायाँङ्कन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

 

  • 2
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website