बिष्णु र नेत्रको अहिले सम्मकै उत्कृष्ट “नियती” बजारमा -हेर्नुहोस भिडीयो

  २८ बैशाख २०७५, शुक्रबार १९:५०

सन्तोष विके थापा

काठमाण्डौ- बैशाख २८,

मार्मिक र मौलिक कथाबस्तु बोकेको लोकदोहरी गित “नियती” बजारमा आएको छ । केही दिन अघी मात्रै गीतको टेलर सार्बजानिक गरेर चर्चा बटुलेको गितको म्युजिक भिडियो सार्बजानिक भ​एको गायक नेत्र भण्डारी जानकारी दिए ।

बिष्णु माझी र नेत्र भण्डारीको स्वर रहेको यस गीतमा डम्बर चन्द बगरको शब्दमा अहिलेको चर्चित संगीतकार रामु खड्काले संगीत भरेका छन । कपिल लामाको निर्देशन र सुरेश श्रेष्ठको छायान्कन रहेको गीतलाई अमर शाक्यले सम्पादन गरेका हुन । चर्चित मोडल महेन्द्र गौतम र रन्जिता गुरुङको तारिफयोग्य अभिनय रहेको छ ।

लोक संगितको क्षेत्रमा लामो समय देखी योगदान पुर्‍याउदै आएका चर्चित लोक तथा दोहरी गायक नेत्र भण्डारीले नियती निकै आशा गरिएको गित भ​एको जानकारी गराए ।
थुप्रै दर्शक श्रोताहरुले गितको टेलर​ हेरेर सकारात्मक प्रतिक्रिया दिएपछि गितले बजार तताउने विश्वास लिएको गायक भण्डारीले बताएका छन ।

शिव फिल्मस प्रा.लीद्धारा दृश्य निर्माण गरिएको गितलाई मालती डिजिटलले बजारमा ल्याएको हो ।

गितमा जिवन जिउने क्रममा आउने उताब चढाब र गरिब जिवनको विवशतालाई कलात्मक शैलीबाट भिडीयोमा उतारिएको छ ।

हेर्नुहोस भिडीयो:

  • 429
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website