बैंकको वार्षिक उत्सवमा गरिव तथा जेहेन्दार वालवालीकालाई स्टेशनरी सामग्री वितरण

  १७ असार २०७६, मंगलवार २१:१८

दुर्गा वि.सी.
२ वर्ष पुगेका अवसरमा लक्ष्मी बैंक शाखा सल्लीवजार सल्यानले गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । प्रभाकर मावि देवस्थलका जेहेन्दार तथा टुहुरा वालवालीकालाई र अतिविपन्न विद्यार्थीलाई कापी,कलम र अन्य शैक्षिक सन्दर्भ सामग्री वितरण गरेको छ । दर्जन वढि वालवालीकालाई कर्णाली प्रदेश प्रमुख शैलेशराज पाण्डे र सल्ली शाखा प्रमुख केशव विक्रम सेनले बैंकको वार्षिक उत्सवको अवसरमा स्टेशनरी समाग्री वितरण गरेको छ ।

वार्षिक उत्सवको अवसरमा जेहेन्दार तथा गरिव वालवालीकालाई स्टेशनरी सामग्री वितरण गररे राम्रो काम गरेको कार्यक्रमका अध्यक्ष तथा विद्यालयका शिक्षक गणेश वि.सीले वताउँनु भएको छ । २ वर्ष अघि सल्लीमा बैक स्थापना पछि बनगाड कुपिण्डे नगरवासिलाई निक्कै सजिलो भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website