ब्यवस्थित क्वारेनटाइन र उच्च सर्तकताका कारण शारदा नगरपालिकामा कोरोना नफैलिएको नगरद्वारा जानकारी
शारदा नगरपालिकाले स्थापना गरेका ब्यबस्थित क्वारेन्टाइन र कोरोना सङ्क्रमन फैलिन नदिन अपनाइएको उच्च सतर्कताका कारण हाल सम्म नगर भित्र कोरोना सङ्क्रमन नदेखिएको आकलन शारदा नगरपालिकाले गरेको छ।शुक्रवार सम्पन्न पत्रकार हरुसङ्ग्को अन्तर्कृया कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेश अधिकारिले यस्तो धारणा ब्यक्त गर्नुभएको हो।
नगर प्रमुख अधिकारिले भारत लगाएत तेस्रो मुलुक बाट आएका नगरवासी हरुको अनुशासन शिलता,चेतना र सतर्कताले पनि कोरोना सङ्क्रमनबाट हालसम्म सुरक्षित रहेको स्पस्ट पार्नुभयो। अधिकारिले नगरको ध्यान महामारी रोकथाममा नै केन्द्रित हुने र अझै सतर्कताको आवस्यकता रहेकाले जनस्तर लाई सुसुचित गर्न पत्रकार हरुको भुमिका महत्वपुर्ण रहने धारणा ब्यक्त गर्नुभयो।
प्रमुख अधिकारिका अनुसार यो बर्षको बजेट स्वास्थ्य,कृषी,शिक्षा र रोजगार प्रवर्धनका लागि केन्द्रित गरने उदेश्य राखिएको भन्दै पहिलो लक्ष्य मानव जिवनको रक्षा नै हुने उल्लेख गर्नुभयो।
कार्यक्रमा बोल्दै नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देबकोटाले महामारी रोकथामका लागि नगर चनाखो रहेको भन्दै यो काममा सवैको सहकार्य आवस्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा कोरोना रोकथामका लागि नगरले हालसम्म गरेका गतिबिधी हरु र आगामी दिनमा अपनाइने रणनितिका बारेमा जानकारी गराइएको थियो। नगरका कोरोना फोकल पर्सन रबिन बिस्टले नगरले क्विक रेस्पोन्सको नीति अनुसार स्वास्थ्य सम्बन्धी समस्या खासगरी ज्वरोको केश देखियमा तत्काल परिचालन हुने नीति लिइएको बताउनु भयो। यस्का लागि नगरका १६ वटै स्वास्थ्य इकाइ र नगर स्वास्थ्य शाखा तयारी अवस्थामा रहेको उहाको भनाइ थियो।
भारत लगाएतका मुलुकवाट आएका ४ सय ५० नगरवासी हरुको हालसम्म कोरोना टेस्ट गरिएको नगरले जनाएकोछ। जस्मध्ये ३ सय ५० जनाको पिसिआर र १ सय जनाको आरडिटी टेस्ट गरिएकोछ भने सवै रिपोर्ट नेगेटिभ आएकोछ। नगरले आर्थिक अवस्थाले भ्याय सम्म बाहिरबाट आउने सवै जनाको पिसिआर टेस्ट नै गर्ने नीति लिएको जनाएको छ।
कोरोना महामारी र यस्वाट उत्पन्न परिस्थिति र बर्तमान अवस्थामा सरकारको नितिका बारेमा सल्यान अस्पतालका डाक्टर भिमकान्त जैसिले सहभागी हरुलाइ स्पस्ट पार्नुभएको थियो। कार्यक्रममा शारदा नगर पालिका उप प्रमुख साबित्रा बस्नेत, नगर स्वास्थ्य प्रमुख बिरेन्द्र हमालले लगाएतकाको उपस्थिति रहेको थियो ।