भगवान सीता-रामको जन्मस्थल जोडियो बस सेवाबाट

  २८ बैशाख २०७५, शुक्रबार १४:२८

हरेक पोष्ट

काठमाण्डौ-२८ बैशाख​,

जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् ।

सीता र राम रामायणको प्रमुख पात्र हुन् जसलाई हिन्दूहरुले भगवानको रुपमा पुज्ने गर्दछन् । त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीताको बिहे भारत अयोध्याका रामसँग भएको थियो । त्यसको स्मरण गर्दै हरेक वर्ष रामनवमीको दिन अयोध्याबाट रामको जन्ती आउने र सीतालाई बिहे गरेर लैजाने परम्परा अझै कायम छ ।

रामको ससुराली जनकपुरबाट बस सेवा सुरु भएपछि जनकपुर पनि ‘रामायण सर्किट’मा औपचारिक रुपमा जोडिएको छ ।  अब हरेक वर्ष भारतको अयोध्यामा ‘जनकपुर महोत्सव’ र जनकपुरमा ‘अयोध्या महोत्सव’ गर्ने योजना छ ।

राम जन्ती लिएर जनकपुर आएको र बिहे गरेर सीतालाई लिएर अयोध्या फर्किएको बाटोमा पर्ने तीर्थस्थलको विकास गर्ने उद्देश्य रामायण सर्किटको छ ।

रामायण सर्किटमा भारत उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम्, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरलाई समेटिएको छ ।

 

One thought on “भगवान सीता-रामको जन्मस्थल जोडियो बस सेवाबाट

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website