भद्रबासमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन समिति गठन

  १० जेष्ठ २०७५, बिहीबार १२:५०

हरेक पोस्ट

काठमाडौँ, १० जेष्ठ-

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ३ भद्रबास मा वडा प्रमुख राममणि पुडासैनी को अध्यक्षता मा बसेको बैठक ले बिकाश थापाको संयोजकत्व मा वडा स्तरीय “सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन समिति “को गठन गरेको छ ।त्यसै गरि समितिको अन्य पदाधिकारी मा बिनोद ढकाल -सचिव ,शान्ति बराल-काेषाधक्ष  र सदस्यहरुमा निर्मला खड्का भण्डारी, श्रीधर पुडासैनी, दिनेश नेपाल , गिता चौलागाईं , सुबास पुडासैनी , केशब प्रसाद पुडासैनी र राम श्रेष्ठ रहेका छन।

समिति गठन पश्चात् समितिले आगामी शनिबार देखि प्रत्येक हप्ताको शनिबार बिहान ६बजे बाट सरसफाइ को काम गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी समिति र वडा को बीचमा समन्वय को लागि नगर सदस्य सुनकुमार नगरकोटि लाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website