भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौंमा गार्ड अफ अनरको सम्मान- फोटो फिचर​

  २८ बैशाख २०७५, शुक्रबार १८:४०

काठमाण्डौ- बैशाख २८,

शुक्रबार बिहान जनकपुर उत्रिएका मोदी नागरिक अभिनन्दनपछि अपरान्ह काठमाडौं आइपुगेका हुन्।

जनकपुरबाट एअर इन्डियाको जहाज चढेर मोदी  काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका छन्। विमानस्थलमा उनलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे।

त्यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’को सम्मान दिइएको छ।

शुक्रबार अपरान्ह नेपाली सेनाको सैन्य टुकडीबाट मोदीलाई ‘गार्ड अफ अनर’को सम्मान दिइएको हो।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने उनी दोस्रो विदेशी प्रधानमन्त्री हुन्। यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई दिइएको थियो

विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरू गरेको हो ।

तस्बिरः नारायण महर्जन सेतोपाटी

  • 3
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website