भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

  २१ जेष्ठ २०७६, मंगलवार १६:४५

जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । बेलाबेला विभिन्न विवादमा पर्दै आएका ज्योतिष क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ गरिएको हो । ज्योतिष क्षेत्री पछिल्लो पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका छन् । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले ज्योतिष क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रवक्ता बोगटीको भनाइ छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website