भैसि पाए पछि सिम्ताका किसान खुसी

  १५ जेष्ठ २०७६, बुधबार २०:४८

दुर्गा वि.सी.

सुर्खेतको उत्तरी पुर्वि सिम्ता गाउँपालिकाले किसानलाई भैसी वितरण गरेको छ । दुग्ध उत्पादनको लागि र किसानको आय आर्जनको लागि व्यवसायीक भैसिपालनका लागि उन्नत जातको मुर्रा भैसि वितरण गरेको छ । पहलिो चरणमा १२ जना किसानलाई भैसि दिएको थियो भने दोस्रो चरणमा २० जना किसानले भैसी पाएका छन् ।

किसानको खोर सुधार लगाएत ३३ हजार लागत, प्रदेश स्तरिय क्षेत्र विकास कार्यक्रम अन्र्तगत ५० लाख र गाउँपालिकाको ६ लाख गरि किसानलाई उन्नत जातका मुर्रा भैसि वितरण कार्यलाई गाउँपालिकाले प्राथामिकता दिएको छ । सिम्ताको वडा ४,५,६ र ७ लाई कृषि पकेट क्षेत्र घोषाण गरिएको छ । गाउँपालिकाले तरकारी खेती,पशुचौपाय गाई भैसी,वाख्रा पालनको लागि विशेष क्षेत्र मानेको छ । किसानको परम्परागत खेतीपाती प्रणालीलाई आधुनिकता तर्फ लैजाने गाउँपालिकाको पहिलो लक्ष्य भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीको भनाई छ । भैसि वितरणसँगै किसानलाई आत्मनिर्भर वनाउन गाउँपालिका लागि परेको जनाएको छ । विशेष गरि सिम्तालाई दुग्ध उत्पादन क्षेत्र निर्माणको लागि यो कार्यक्रम महत्पुर्ण हुने अध्यक्ष के.सीको दावि छ ।

 

भैसि पाएपछि स्थानीय किसान खुसी वनेका छन् । कतिले पाडा सहित दुहुनु भैसि पाएका छन् भने केहिले ब्याँउने तरखरमा रहेका भैसि पाएका छन् । यो वर्ष गाउँपालिकाले ५० किसानलाई ५० वटा भैसि वितरण गर्ने जनाएको छ । तामाचुली सहकारी संस्थाले भैसि वितरणको जिम्मा लिएको छ । अव १८ किसानको लागि अन्तीम चरणमा १८ वटा भैसि वितरण गर्न बाँकी रहेको जनाएको छ । भैसि पाए पछि किसान निक्कै खुसी भएका देखिएका छन् । पहिलो र दोस्रो चरण गरि ३२ वटा भैसि वितरण भैसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website