मलेसिया जाने कामदारहरुका लागि लीने श्रम स्वीकृति बन्द
काठमाडौं- जेठ १३,
बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लीने पुर्व श्रम स्वीकृति श्रम विभागले बन्द गरेको छ ।
श्रम मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द भएको हो।
मलेसिया दैनिक ३ सयदेखि ४ सय नेपाली कामदार गइरहेका छन्। यस विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको जनाएको छ।
एक पक्षीय ढंगबाट मलेसिया जान ३९ वटा स्वास्थ्थ संस्थामा स्वास्थ्य परीक्षण गर्न तोकिएको र त्यसलाई हटाइ स्वास्थ्थ मन्त्रालयले तोकेका र मन्त्रालयमा सुचीकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइने श्रम मन्त्री गोकर्ण विष्टले बताएका छन्।