महिला नेतृत्व बिकाश तालिम खलङ्गामा सुरु
शारदा नगर पालिकाको आर्थिक सहयोग र ग्रामिण महिला उत्थान केन्द्र सल्यान द्वारा सन्चालित ३ दिने महिला नेतृत्व बिकाश तालिम खलङ्गामा सुरु भएको छ। करिव दुई दर्जन बढी महिला हरुको सहभागिता रहेको तालिममा नेतृत्व बिकाशका लागि चाहिने हरेक बिषयबस्तु हरुबारे प्रशिक्षण दिइनेछ।
तालिमको उद्घाटन गर्दै प्रमुख अथिती एवम शानपा उपप्रमुख साबित्रा बस्नेतले नेतृत्व बिकाशका लागि समाज माथी उठ्नु आवस्यक रहेको भन्दै महिला माथी हुने अन्यायपुर्ण व्यवहार परिवर्तन हुनुपर्ने धारणा राख्नुभयो। उहाले समाजका हरेक क्षेत्रमा नेतृत्व बिकाश हुनुपर्ने भन्दै यो तालिमले त्यस्को पुर्ती गर्ने बिस्वास ब्यक्त गर्नुभयो।
कार्यक्रममा २ नम्बर वडा अध्यक्ष केशव श्रेस्ठले नेतृत्व बिकाशका लागि समाज सचेत रहनुपर्ने भन्दै कुरितिको अन्त्य गर्नु पहिलो शर्त हुने धारणा राख्नुभयो।
केन्द्र कि अध्यक्ष शोबिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण मुना हमालले गर्नुभएको थियो।