सल्यानमा माघ २९ गते देखी प्रादेशीक महोत्सव सञ्चालन हुदैँ

  २७ पुष २०७६, आईतवार ०९:०५

सल्यान उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा यही माघ २९ देखि फाल्गुन ११ गते सम्म सल्यानको श्रीनगरमा प्रादेशीक,कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०७६ को संचालन हुने भएको छ।

उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विर बहादुर चलाउनेको महोत्सवमा ५ करोडको कारोबार हुने, १ लाख दर्शकले अवलोकण गर्ने, स्थानीय उत्पादन, कृषि जन्य बस्तुको प्रदर्शनी, अटोमोवाइलको प्रदर्शनी हुने जानकारी दिनुभयो ।

महोत्सवमा २०० स्टल रहने, स्थानीय कला संस्कृति झल्कने झाकी, जिल्लाका धार्मीक तथा पर्यटकिय क्षेत्रको फोटो प्रदर्शनी समेत महोत्सवमा गरिने छ। १२ दिन सम्म संचालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने छ ।
साथै सल्यान उद्योग वाणिज्य संघको नवौ वार्षिक साधारण सभा तथा रजत जयन्ती माघ २२ गते भव्य कार्यक्रमको आयोजना गरि मनाउने बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website