मानसिक स्वास्थ्य सम्बन्धी १ दिने परामर्श तालिमसँगै किल्निकक सेवा

  ७ असार २०७६, शनिबार ०८:३४

दुर्गा वि.सी.

 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा १ दिने मानसिक स्वास्थ्य परामर्श तथा प्रशिक्षण मुलक तालिम समापन भएको छ । महिला स्वास्थ्य संवसेवीका,मावि तथा निमावि तहमा कार्यरत स्वास्थ्य शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको छ । वालवालीकालाई विद्यालय तथा घर परिवारमा हुने मानसिक स्वास्थ्य समस्या,तनाव,विकृती,छारेरोग,डिप्रेशन लगाएतका कुराहरुमा कसरी समाधान खोजिने उपाएका बोरमा जानकारि गराएको थियो ।

 

अभिभावक र शिक्षकले वालवालीकालाई कस्तो व्यवाहर गर्ने र वामैत्री व्यवहार विद्यालयमा मात्रै नभई घर परिवारमा पनि आवश्यक रहेको कुरामा जोड दिएको थियो । विद्यालय तथा घर परिवारमा वालवालीकालाई गर्ने व्यवाहर एकै खाले हुनु पर्ने वताएको छ । साथै विद्यालयहरुमा गरिने दण्ड र दण्डले पार्ने असरका वारेमा समेत जानकारि गराएको छ । बनगाड कुपिण्डेमा रहेका निमावि र मावि तहका स्वास्थ्य विषयका शिक्षकहरुलाई वढि जोड दिएको थियो ।

१ दिने मानसिक स्वास्थ्य परामर्श तथा प्रशिक्षण मुलक तालिमबाट शिक्षहरुलाई धेरै कुराको वारेमा अवगत गराएको थियो । बनगाड कुपिण्डे नगर पालिकाको आर्थिक सहयोग र सिएमसी नेपालको प्राविधीक सहयोगमा कार्यक्रम भएको थियो । १ दिने तालिममा सिएमसी नेपालका लोक वहादुर वि।क।गिता पहाडीले प्रशिक्षण दिनु भएको थियो । सोहि अवसरमा १ दिने मानसिक स्वास्थ्य तथा परामर्श सम्बन्धी वरिष्ठ मानसिक स्वास्थ्य चिकित्सक डा।विद्यादेव शर्मा र नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले मानसिक समस्या उत्पन्न भएका विरामीहरुलाई चेक जाँच गर्नु भएको थियो ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website