सल्यान ट्राफिक द्वारा मास्क तथा जनचेतना मुलक स्टिकर वितरण

  २४ भाद्र २०७७, बुधबार १८:१९

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यान र टाइम्स कम्प्युलोजी श्रीनगरको सङ्गको सहकार्यमा सल्यानका विभिन्न ठाउँमा मास्क वितरण गरिएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज सन्दिप वि क र टाइम्स कम्प्युलोजी श्रीनगरका प्रकाश वावु चन्दको सहकार्यमा जनचेतना मूलक ब्यानर, सार्बजनिक यातायातमा स्टिकर र मास्क नलगाएर आएका यात्रुलाइ मास्क लगाउने जनचेतना दिदै निशुल्क मास्क बितरण गरिएको हो ।

कोभिड १९ को संक्रमणलाई न्यनिकरण गर्न र रोकथाम गर्नको लागि मास्क, जनचेतना मुलक स्टिकर सल्यान जिल्लाका प्रमुख ब्यापारीक केन्द्र श्रीनगर, थारमारे, खलंगा, कपुरकोट लगाएतका ठाउँमा वितरण गरेको ट्राफिक प्रमुख सन्दिप विकले जानकारी दिनुभयो ।

३०० थान मास्क १०० थान स्टिकर  टाइम्स कम्प्युलोजी श्रीनगरका संचालक प्रकाश बाबु चन्दले उपलब्ध गराउनु भएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website