मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा सल्यानका पत्रकारका प्रदर्शनमा
मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकारले शुक्रबार प्रदर्शन गरेका छन् । प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने पत्रकारहरुो माग रहेको छ । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले महासंघले पहिलो चरणमा घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत शुक्रबार प्रर्दशन गरिएकोे हो ।
देश ब्यापी विरोध कार्यक्रम अन्र्तगत नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा सदरमुकाम खलंगामा पनि वृहत प्रर्दशनी गरिएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुले सञ्चार साधन सहित प्रर्दशन गरेको हुन् ।