मिडिया काउन्सिल विधेयक विरुद्ध सल्यानमा पनि ज्ञापनपत्र ।

  ३१ बैशाख २०७६, मंगलवार १९:१५

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन सल्यानले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल प्रेस युनियन सल्यानका का।वा। अध्यक्ष राजेश शर्माले संघीय संसद्का सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने मार्फत ज्ञापनपत्र बुझाउनु भएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी न्यैपानेले सो ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पु¥याउने जानकारी गराउनु भयो ।
ज्ञापन पत्र बुझाउन कार्यक्रममा युनियन सल्यानका कोषाध्यक्ष आषिस के।सी। सदस्य पुर्ण चन्द्र शर्मा लगाएको उपस्थिति रहेको थियो ।
समाचार लेखेकै निहुँमा पत्रकारले १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने विधेयक संचारमन्त्रीले चाहे भने पत्र लेखेर संसदबाट फिर्ता लिन सक्छन् । सञ्चारमन्त्री बास्कोटाले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकले भने प्रेसलाई अझ बढी नियन्त्रण गर्न खोजिरहेको भन्दै चर्को विरोध भइरहेको छ ।
यसैबीच संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन देशब्यापी आन्दोलनमा उत्रिएको छ । मंगलबार युनियनले ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।
त्यसैगरी सञ्चारमन्त्रीले संसद्मा पेश गरेको विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ पनि आन्दोलित भएको छ । महासंघले चरणवद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website