मिनी ट्रक र अटो ठोकिदाँ २ घाईते
दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ अम्रा नजिकै सुर्खेतबाट आउँदै गरेको बा २ क १९४२ को मिनी ट्रक र सल्लीवजारबाट वालुवासँग्रहि जाँदै गरेको भे १ ह ४३२९ नम्बरको अटो एक आपसमा ठोकिदा अटो चालक वर्ष २२ का घनश्याम वि.क. र गंगा प्रावि अम्राका प्रअ वोध वहादुर यरी गम्भीर घाईते भएका छन् ।
तीव्र गतीमा रहेको मिनी टिपर र अटो ठोकिएका छन् । मिनी ट्रक चालकलाई प्रहरिले नियन्त्रमा लिएको छ भने घाईते यरी र अटोे चालक वि.क.लाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।