मुहान वाँडिदा ४ सय वर्षे पुरानो सिचाई कुलोमा पानी नआउँदा जमिन वाँझै

  ७ आश्विन २०७६, मंगलवार १८:३९

दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको वडा १ नाम्रामा ४ वर्ष पुरानो सिचाई कुलोमा पानी नहुँदा ७० विघा भन्दा वढि खेतीयोग्य जमिन वाँझै रहेको छ । उक्त खेती योग्य जमिनमा आउने पानी वडा नं ३ का स्थानीयले नयाँ योजना निर्माण गरि लिए पछि नाम्राको ७० विघाहा भन्दा वढि जमिन यसपाली वाँझै रहेको छ ।
वर्षातमा सिचाई नहुँदा धान खेती लगाउन नपाएका किसान हिउँदे वालीको लागि प्याज खेती पनि नहुने स्थानीयको भनाई छ । सिचाई नहुदाँ यसपाली देखि प्याज खेती पनि नहुने स्थानीय आईतु तिरुवाको भनाई छ । ४ वर्ष पुरानो योजनालाई नयाँ योजना निर्माण गरि वडा ३ का स्थानीय किसानले पानी वाँडे पछि नाम्राका किसान संकटमा परेका छन् । धान र प्याज उत्पादनको लागि उर्वरभुमि वाँझै रहेकोमा स्थानीय चिन्तीत वनेका छन् । मुहानमा पानी वाँडिदा नाम्राका खेतीयोग्य जमिनमा पानी अपुग भएको अर्का किसान विरवल पोख्रेलको भनाई छ । कृषिमै आश्रीत त्यहाँको स्थानीय अव सवै खाद्यान्न किन्नु पर्ने वाध्यता रहेको जनाउने गरेका छन् ।
भेरी किनारमा रहेको थुप्रै खेतीयोग्य जमिन सिचाई प्रयाप्त नहुदाँ वाँझै छ । करिव ४ सयको हारा हारीमा रहेको त्यहाँको जनसंख्या खेतीपातीमै वढि निर्भर रहेको देखिन्छ । उत्पादनको दृष्टिले निक्कै उर्वर मानिएको भुमि वाँझै रहँदा नाम्राका स्थानीय चिन्तीत वनेका छन् । बनगाड कुपिण्डे नगरपालीबाट सिचाई कुलोको लागि योजना परे पनि मुहानमै पानी नहुदाँ निक्कै समस्या भएको जानकार रविराज शर्माको भनाई छ । सिचाईको वैकल्पीक व्यवस्था विना अव अन्य उपाए नभएको शर्माको भनाई छ । सानोतीनो योजनाबाट काम नहुने देखिन्छ । त्यसैले नगरपालीका,प्रदेश सरकार,केन्द्र सरकारसँग नाम्राको सिचाई कुलोको विषयमा आवज पुर्याउन आवश्यक रहेको उहाँको भनाई छ ।
सिचाई नहुदाँ धान खेती लगाउन नपाएका किसान कुनै कुनैले भने खेतमै मकै लगाएका छन् । आकासे पानीको भरमा धानको व्याड राखेका किसानको व्याडमै धान फुलेको छ । पानी नहुदाँ धान रोपाई नभए पछि व्याडमै धान फुलेको छ । उत्पादन हुने भुमिमा सिचाई व्यवस्था मिलाउने वजेट विनीयोजनको लागि यतीवेला नाम्राका किसान हार गुहारमा छन् । खाने अन्न वालीको एक मात्रै उपाए तेहि खेतीपाती रहेकोले वाँझो खेत हेरर चित्त वुझाएका छन् । नयाँ योजनमा पानी वाँडिदा उक्त क्षेत्रमा सिचाई अप्रयाप्त भएको हो ।

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website