मोटरसाईकिलमा सवार ३ युवा गम्भीर घाईते

  १५ श्रावण २०७६, बुधबार १९:३६

दुर्गा वि.सी./श्रावाण,१५

सल्यानको सल्लीवजार देखि वालुवासँग्रही जाँदै लु ७ प २३२४ नं.को सवार मोटरसाईकिल बनगाड कुपिण्डेको वडा १ अम्रा नजिकै दुर्घटना हुदाँ ३ जना गम्भीर घाईते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ११ नीवासि वर्ष १८ का जीवन कुवँर र सोहि स्थानका वर्ष १८ कै दिनेश थापा र गुर्भाकोट नगरपालिका,७ सुर्खेतका वर्ष २७ का खिम वुढा गम्भीर घाईते भएका छन् । घाईते ३ जनालाई सल्लीवजारको जवन्धु पोलिक्निीकमा समान्य उपचार पछि नेपालगञ्ज लिने तयारी भएको छ । घाईतेहरुको टाउको,हात र छातीमा गम्भीर चोट लागेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website