यस्तो देखियो एमाले-माओवादी एकता राष्ट्रिय सभा गृह! -भिडियो

  ३ जेष्ठ २०७५, बिहीबार २३:१८

काठमाडौं-३ जेठ,

दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ ।

पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहंकार देखाउन नभई देश बनाउन एकता गरेको बताए ।

अर्का अध्यक्ष प्रचण्डले समृद्धिको जनचाहना पूरा गर्न पार्टी एकताको निर्णय लिइएको बताए ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

भिडियो हेर्नुहोस​:

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website