युवा क्रिकेटर सन्दीपले पाए २५ लाखको कार -भिडियो सहित​

  ९ जेष्ठ २०७५, बुधबार २१:३८

हरेक पोष्ट​

काठमाडौं-९ जेठ,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछानेले टाटा मोटर्स कम्पनीको टिगोर कार पाएका छन् ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै सन्दीपलाई २५ लाख रुपैयाँ मुल्य पर्ने कार उपहार दिएको हो ।

आज सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले गाडीको चाबी सन्दीपलाई हस्तान्तरण गरे । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले सिप्रदी टेडिङ प्रालिसँग सहकार्य गर्दा खुसि भएको बताएका छन् ।

१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

भिडियो हेर्नुहोस​:

  • 6
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website