युवा पुस्तामा संसदको अभ्यास
युवा पुस्तालाई व्यवस्थापिका संसदको प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्धेश्यले सल्यानमा नमुना युवा संसद सञ्चालन गरिएको छ । सल्यानमा नै पहिलोपटक युवाहरूलाई संलग्न गराएर नमुना युवा संसद सञ्चालन गरिएको हो । ‘समृद्ध नेपाल निर्माणका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ शारदा नगरपालिका स्तरीय नमुना यूवा संसद स्थापना र अभ्यास गरिएको हो ।
शारदा नगरपालिकाका सबै वडामा वडा स्तरीय युवा क्लब गठन गरी हरेक वडाबाट सांसद चयन गरी सदरमुकाम ल्याएको थियो । नमुना युवा संसद सञ्चालन गरिएको हो । टुडिखेलमा रहेको बालमन्दिरको हलमा सभामुख अनिल भण्डारीले संसदको कारवाही अगाडि बढाउनु भएको नमूना युवा संसदका राष्ट्रपति सिमा बुढाथोकीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शारदा नगरपालिकाले युवा मैत्री आधुनिक सूचना प्रविधिमैत्री र युवा स्वरोजगारमूलक नीति अबलम्बन गर्ने घोषणा गर्नुभयो । नगरपालिकाले हरेक वडास्तरबाट विकास योजना छनौंट गर्ने क्रममा युवाहरुको अनिवार्य सहभागि गराउने, युवाका सवालरुमा प्राथमिकिकरण गरी योजनाहरुको छनौंट गर्ने नीति घोषणा गरिएको थियो ।
संसदमा सरकार, सांसद र प्रतिपक्षीको अभ्यास गरिएको संसदमा सरकारको निति तथा कार्यक्रम माथी विपक्षी दलका सांसदहरुले प्रश्न उठाएका थिए । भने सत्तापक्षका प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिएका छन् । जहाँ प्रधानमन्त्रीमा बिराज बुढाथोकी, गृहमन्त्रीमा एक्सन थापा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रस्मी बुढाथोकी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री खुमा बुढाथोकी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा समिक्षा बुढाथोकी, युवा तथा खेलकुदमन्त्री सुमन कुमार बुढाथोकी, अर्थमन्त्रीमा सचिन भण्डारी लगाएत रहनु भएको थियो ।
सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रीपरिषद् गठन गरिएको थियो । नेपालको संविधान २०७२ को विधिअनुसार नमूना संसदको कारवाही अघि बढेको हो । उनीहरूले युवा संसद र सरकारको अभ्यास गर्दै युवाका समस्या, मुद्धा र सम्भावनाका विषयमा छलफल गरेको जिल्ला युवा समिति सल्यानका अध्यक्ष जनक बिकले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा परिषद्ले स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहिकरणमा सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको उहाँको भनाई छ । भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति प¥याउने लक्ष्यका साथ सञ्चालित कार्यक्रममा १६ देखि २४ वर्षका युवा सहभागी छन् ।
सो अबशरमा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नगरपालिकाले युवाको क्षमता विकास र रोजगारका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले आर्थिक बर्ष २०७६÷०७७ सालको बजेटमा यूवाहरुको सवाललाई पनि संबोधन गर्नेगरी बजेट ल्याउने बताउनुभयो । उहाँले यूवा स्वरोजगारका कार्यक्रमलाई प्राथामिकता दिने बताउनुभयो ।
कार्यक्रममा शारदा नगरपालिका ३ का वडाअध्यक्ष टोप बहादुर थापा, ७ का वडाअध्यक्ष लिला बहादुर रोका, जिल्ला खेलकुद बिकास समिती सल्यानका अध्यक्ष बिजय सिंह लगाएतले बोल्नु भएको हो । कार्यक्रमको सहजीकरण दिपेन्द्र शाहीले गर्नुभएको थियो ।