यूवाहरु निर्माण उपभोक्ता समितीमा अल्झिए, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी
सल्यानको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले यूवाहरु निर्माण उपभोक्ता समितीमा अल्झिएको बताउनुभएको छ । देश निर्माण गर्ने यूवा शक्तिहरु २/४ पैसाको आसमा उपभोक्ता समितीमा अल्झिदा बिकास निर्माणका कामलाई दिगो बनाउन समस्या भएको बताउनुभएको हो ।
शारदा नगरपालिकाको आर्थिक सहयोग र प्रेरणा नेपालको आयोजनामा आज खलंगामा आयोजित दिगो बिकास लक्ष्यमा यूवा र स्थानिय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नगरपालिकाले नगरका बिभिन्न क्षेत्रहरुमा बिकास निर्माणका कामहरु सञ्चालन गरिरहेकाले यसलाई दिगो बनाउनको लागी यूवाहरुले अनुगमण, निरिक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले बिकास निर्माणका कामहरुमा यूवाहरुको चासो नभएको भन्दै उपभोक्ता समितीमा बस्ने, कमाई खाने भाँडोको रुपमा लिन थालेकोमा आपत्ती जनाउनुभयो । उहाँले कानुन भन्दा माथी कोही नभएकाले निति, बिधि, बिधानमा रहेर काम गर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले बिकास निर्माण सँगै हरेक क्षेत्रमा अनियमितता गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताउनुभयो । केही दिन अघि आफ्नै सुझावका आधारमा शिक्षा बिकास तथा समन्वय इकाइ सल्यानका प्रमख घुस रकम सहित रंगेहात पक्राउ परेको भन्दै उहाँले भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाही गरिने बताउनुभयोे । कार्यक्रममा जनप्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।