राजधानीमा महोत्सब आयोजना गर्दै रुकुमेली युवा
कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुमा २०७६ जेठ १७ देखि २७ गते सम्म ूभेरी गङ्गा उपत्यका महोत्सब २०७६ू सन्चालन हुने भएको छ, ूकला सस्कृती कृषि पर्यटन उधोग ब्यापार, समृद्द कर्णाली प्रदेश बनाउने मुल आधारू भन्ने मुल नाराका साथ सन्चालन हुने उक्त महोत्सव को आयोजना रुकुमेली युवाहरुको समूह कला सस्कृती पर्यटन प्रबर्द्धन मन्च रुकुम पश्चिमले गर्ने छ भने उद्द्योग बाणिज्य संघ भेरी सह आयोजक रहने छ,
कर्णाली प्रदेशको राजधानी सुर्खेत को भेरी गङ्गा नगरपालिका कर्णाली प्रदेशकै प्रबेशद्वारको रुपमा लिने गरिन्छ, साथै बहु चर्चित भेरी बबई डाईभर्सन आयोजना समेत यहि नपा भित्र पर्दछ, स्थानीय भाषा, कला सस्कृती जगेर्ना र तीनको उत्थान एवम छिन्चु र आसपासका पर्यटकीय क्षेत्रहरु को प्रचार प्रसार का साथै स्थानीय उत्पादनको बजारीकरणमा कोशे ढुङ्गा साबित हुने कुरा महोत्सव आयोजक समितिका सयोजक बालकृष्ण बुढाथोकीले जानकारी दिए
स्थानिय ब्यापार ब्याबसाय र स्थानिय उत्पादनको प्रबर्द्धन गर्नुका साथ साथै अन्य १ सय ५० विभिन्न स्टलहरु रहने बताईएको उक्त महोत्सव, ५० हजार भन्दा धेरै दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ साथै पर्यटकिय क्षेत्रका फोटो प्रदर्शनी, बाल उद्यान, कृषि अनि स्वास्थ सम्बन्धी स्टलहरु पनि महोत्सवका आकर्षकन रहने छ्न महोत्सबमा प्रबेश शुल्क एक सय मात्र राखिएको तर अशक्त, बिद्यार्थी र वृद्ध बृदालाई विशेष ब्यबस्था रहेको कुरा महोत्सवका सास्कृतिक सयोजक एल बि कटुवाल ले बताए ।
जेठ १७ देखि २७ गते दस दिन सम्म सन्चालन हुने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुती रहनुका साथै हरेक दिन कलाकारहरु सङ्ग लाईभ दोहोरी समेत हुने छ, महोत्सव सफलताका लागि सम्पुर्ण क्षेत्रको सम्पुर्ण खाले सहयोगको अपेक्षा रहेको नायक एवम महोत्सवका सास्कृतिक सयोजक एल बी कटुवालले बताए