राज्यको तथ्याङकमा नपरेका झ्यामटाकुरिका वादि
सल्यानको पश्चिम क्षेत्रमा वसोवास गर्ने वादि जाती घर वास नहुदाँ समस्यामा परेका छन् । गास र कपासको समस्या त टाढै जाओस वस्नका लागि घर बासको ठेगान नहुदाँ निकै समस्या हुने गरेको बामे,२ झ्याम्टाकुराका जंगलमा वस्दै आएका कसेरा वादिले दुखेसो पोखेका छन् । यही जग्गा पनि यहाँका स्थानीयले आफ्नो जंगल अतिक्रमण गरेर वसेको भन्दै दिन प्रतिदिन धम्काउने र थर्काउने गरेको उनको गुनासो छ ।
उनीहरु सधै मजदुरी गरेर खाने गरेका छन् । मजदुरी गरेर कमाएको रकमले परिवार पाल्ने गरेका छन् । सिजनमा माछा मार्ने मादल मोर्ने र वेसिजनको समयमा अर्काको मजदुरी गरि साँझ विहानको हात मुख जोर्ने बाटो भएको चैते वादि वताउँछन् । सरकारले आफुहरु सुकुम वासि भएकाले घर र बासको लागि मात्र केहि आना जग्गा दिन्छ कि भन्ने ठुलो आस मान्नथालेको उनीहरुको वर्षौ वित्यो । तर हाम्रो नजर तर्फ कसैले ध्यान नदिएको वादि जातिको दुखेसो छ । जाडो समय आउन थालेकोले थागलको छानो भएको घरलाई पलाष्टिकले मोर्ने योजना वनाएका छन् अर्का चिने वादि । ५९ वर्ष उमेर पार गरेका कसेरा वादि १५ वर्ष देखि यही टहराको कटेरोमा जिन्दगी विताएका छन् । यहि कटेरोमा ४ जनाको परिवार वस्ने गर्दछ । कसेराका वुढावुढि,र छोरा वुहारी त्यहि कटेरोमा वस्ने गरेका छन् । घरवार विहीन वादिका जेठा छोरा पहिलेनै छुटिएका छन् । उनीहरुका अनुसार सवै भन्दा वढि पिडा त जाडो समयमा हुने गरेको वताउँछन् । मजदुरी गरी कमाएको पैसाले खाना मात्र पुग्छ कसरी घर वनाउन सकिन्छ भनेर उल्टै प्रश्न गर्छन् ।
वादि जातिहरुमा यस्तै खाले निकै समस्या छन् तर वासको मात्र सरकारले व्यवस्थापन मिलाई दिएमा उनिहरुको ठुलो सहयो हुने वादि जातिका अगुवा सुर्य वादि वताउँछन् । उक्त क्षेत्रमा ५ घरमा ३० भन्दा वढि वादि जातिको संख्या रहेको छ । ती सवैको अवस्था दैनीय छ । सबै वादिहरुको लागि आवासको निकै ठुलो समस्या भएको देखिन्छ । अन्य जातिको भन्दा वादि जातिलाई राज्यले अपहेलीत गरेको उनीहरुको वुझाई छ । अधिकांसका घर वास कटेरा,छाप्रौको छानोले छाएका कटेरा छन् । त्यहि पनि एैलानी जग्गा र जंगलमा । सरकारले अन्य वादिहरुलाई आवसको लागि घर निर्माण गरिदियो तर तथ्यांकमा नपरेक झ्याम्टाकुराका वादिहरु आफुलाई राज्यले नचिनेको दुखेसो छ । बनगाडका अन्य सबै वादि जातीले सरकाले घर निर्माण गरिदिएको तर आफुहरुलाई कसैले नहेरेको उनिहरुको दुखसो छ ।