राप्रपा बाट चुनाव जितेकै दिन काग्रेसमा प्रवेश
सल्यान २, चैत
उद्योग वाणिज्य संघ सल्यानको निवार्चनमा सयुक्त प्यानलबाट विजय भएकी उम्मेद्वार लक्ष्मी सार्कीले राप्रपा परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गर्नुभएको छ । फागुन २९ गते सम्पन्न उद्योग वाणिज्य संघ सल्यानको निवार्चनमा महिला सदस्य पदमा विजयी भएको दिनमा नै नेपाली काग्रेस प्रवेश गर्नुभएको हो ।
उद्योग वाणिज्य संघ सल्यानको चुनावमा नेपाली काग्रेस, नेकपा एमाले के.पी. समुह र राप्रपाको तालमेलमा सहभागी भएर चुनावी माहोलमा होमीएकी सार्कीले मत परिणम सार्वजनिक भएको दिनमा नै पार्टी प्रवेश गर्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको जिल्ला कमिटि सदस्य रहेकी सार्कीले बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. १ सल्लीबजारमा ब्यवसाय गर्दै आइरहनुभएको छ ।
विजय सार्कीलाई शारदा नगरपालिका सल्यानका नगरप्रमुख तथा नेपाली काग्रेस सल्यानका युवा नेता सुरेश अधिकारीले पार्टी प्रवेश गराएर स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा बोल्दै अधिकारीले विजयी उम्मेद्वारलाई स्वागत गर्दै पार्टी प्रवेश गराउन पाउदा आफुलाई खुसी लागेको बताउनु भयो ।