रियल मड्रिड बन्यो लगातार तेस्रो वर्ष युरोपियन च्याम्पियन
शनिबार राती सम्पन्न च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल तथा रियल म्याड्रिडबिच भएको रोचक खेलमा रियल म्याड्रिडले तेस्रो पटक कब्जा जमाउँदै ह्याट्रिक गरेको छ। सो खेलमा इङ्लिस क्लब स्पेनी जायन्ट रियलसँग ३-१ले स्तब्ध भयो।
म्याड्रिड यो सिजनको १३ औं तथा पछिल्लो सिजनको चौथो उपाधि हो। रियलको जीतका लागि ग्यारेथको उत्कृष्ट प्रदर्शन प्रमुख रह्यो।
सो खेलमा ५१ मिनेटमा करिम बेन्जिमाले रियलका लागि पहिलो गोल गरेका थिए तर रियलसँग सो गोलको खुशी धेरैबेर रहन पाएन।
गोल खाएको ४ मिनेटमा नै लिभरलपुलका लागि साडियो मानेले गोल गर्दै बराबरीमा टोलीलाई पुर्याएको थियो।
यस्तै बराबारीको खेललाई ६४ औं मिनेटमा गारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाए भने खेलको अन्तिम ७ मिनेट बाँकी रहँदा उनले अर्को गोल गरे जसका कारण रियलले उपाधिमाथि ३-१ को विजय हासिल गर्न सफल भयो।
बेल ६१ औं मिनेटमा इस्कोको सट्टामा मैदान प्रवेश गरेका थिए। मैदान छिरेको ३ मिनेटमा उनले टिमलाई अग्रता दिलाएका थिए भने खेलको ८३ औं मिनेटमा ओभरहेड किकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जीत सुनिश्चित बनाए।
खेलमा लिभरपुलका लागि उपाधि दिलाउन महत्वपूर्ण मानिएका मोहम्मद सालेह ३० औङ मिनेटमा घाइते भएपछि रूँदै मैदान छाड्न बाध्य भए।
- 3Shares