रैकर वजार देखि भेरी पुल सम्मको सडक चौडा गरिने
सल्यानको बनगाड कुपिण्डे नगरपालीकाले सडक अतिक्रमण गरि निर्माण भएका घरटहरा हटाउने भएको छ । नगर सभा हुदै नगर कार्यापालीकाको वैठकले छिन्चु जाजरकोट सडक खण्डको रैकर वजार देखि भेरी पुल र सल्ली रुकम चौहरजारि सडक खण्डको वजारको मुख्य चोक देखि आफ्नो सिमा क्षेत्र सम्म सडक डिभिजनसँग समन्वय गरि १५ मिटरका दरले सडकमा अतिक्रमण गरि वनेका संरचना हटाउनको लागि ३ महिने सुचना जारि गर्ने भएको छ ।
अतिक्रमण गरि निर्माण गरेका घरटहरा सुचनाको अवधी अनुसार नहटाए स्वं उपभोककर्ताले हटाउनु पर्ने छ । सडक चौडा नहुदाँ सल्लीवजारमा आसपासमा दिनानुदिन दुर्घटनाको संख्या वढिरहेको भन्दै अतिक्रमित सडक चौडाको यस कार्यामा सवैले सहयोग गर्न प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्रीले अनुरोध समेत गर्नु भएको छ । सल्लीवजार हाल १५ मिटर मात्रै सडक भएको र अव थप १५ मिटर कायम गरि ३० मिटर चौडा हुने भएको छ । त्यसै गरि सल्लीवजारको माथिल्लो वजार पनि हाललाई ६ मटिर रहेकोले थप ९ मिटर कायम गरि १५ मिटर हुने जनाएको छ ।
सल्ली रुकुम चौहरजारि सडक खण्डका सुनौली वजार,नाथेखोला,शंखपिपल च्युरा वजार र गर्चे वजारलाई समेत १५ मिटर सडक चौडा हुने जनाएको छ । उक्त क्षेत्रको सडक अतिक्रमित गरि वनेका संरचना समेत हटाईने छ । त्यसै गरि नगर कार्यापालीकाको वैठकले महत्वपुर्ण निर्णय गरेको जनाएको छ । वजारवासिले यसलाई आ आफ्नो क्षेत्रबाट भरपुर सहयोग हुने समेत विश्वास गरिएको छ । अन्य क्षेत्रमा सवै ठाउँ सडकले आफ्नो क्षेत्र ओगटि सकेकाले हाम्रो यहाँ ढिलाई भएको छ । तर यसलाई अव छिट्टै तदारुकता दिन सवै कार्यापालिकाका जनप्रतिनीधीहरुको दवाव रहँदै आएको थियो । सडकको क्षेत्राधिकार नतोकिदाँ यहाँका स्थानीयले घरहरु निर्माण गर्न सकिरहेका छैनन् । अव यो कदमसँगै नगरमा पुर्वाधार गर्न सजिलो हुने भएको छ । त्यसै गरि नगरको कार्यापालीका वैठकले स्वास्थ्य संस्था नभएका क्षेत्रमा छिटै स्वास्थ्य ईकाई स्थापना गर्ने,कर्मचारि पदपुर्ति,भवनको लागि डिपियार तयार पार्ने लगाएतका कामलाई अघि वढाउने निर्णय गरिएको छ । साथै देवस्थलमा रहेको १ नं. वडाको वडा कार्यालयलाई सल्लीवजारको वस पार्कमा रहेको भेरी राप्ती वस व्यवसायीको भवनमा सार्ने जनाएको छ ।