लाईन्स क्लबद्धारा १० जनालाई सम्मान, वृद्धहरुलाई सम्मानजनक व्यवहार गर्न मन्त्री पोखरेलको आग्रह
काठमाण्डौं बैशाख २९,
नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले वृद्धहरुलाई सम्मानजनक व्यवहार गर्न सवैलाई आग्रह गर्नुभएको छ ।
आफ्नो निर्बाचन क्षेत्र समेत रहेको काठमाण्डौैको धुम्बाराहीमा आज लायन्स क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सुविधा सम्पन्न बृद्धा आश्रम सन्चालनमा ल्याउने बताउनु भयो । उहाँले आउने वजेटमा समाजिक सुरक्षा भत्ता सँगसँगै विभिन्न कार्यक्रमहरु तयार गरिरहेको उल्लेख गर्नुभएको छ ।
लाईन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्टमा योगदान पु¥याएका जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रममा संस्कृतविद सत्यमोहन जोशी ,वरिष्ठ साहित्यकार तथा चलचित्र निर्माता यादव खरेल ,हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका १० जना युगान्तकारी व्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रमका सभापति लायन धन राज भडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो, वृद्धवृद्धाहरुको अनुभव र सामाजिक योगदानको उच्च मुल्यांकन गर्दै समग्र जेष्ट नागरिकलाई समाजको बोझ रुपमा नहेरी, अमुल्य सम्पत्तिका रुपमा हेर्नुपर्ने बताउनु भयो । नागरिक लाई आजको पुस्ताले हेरचाह गर्नुपर्छ भन्ने कुरामा उहाँले जोड दिनु भएको छ ।
कार्यक्रममा लायन्स कल्वका शाखा प्रतिनिधिहरु ,समाजसेवी ,व्यापारी लगायत विभिन्न पेशा व्यवसायमा संलग्न विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।