लामो खडेरीका कारण किसान मर्कामा
दुर्गा वि.सी.
लामो खडेरीका कारण सल्यानको पश्चिम क्षेत्रमा खानेपानी देखि किसानले वर्षे वाली लगाउने समय घुर्केको छ । पाखावारीमा लगाउने मकै,धान,कोदोको समय घुर्किएको किसानको दुखेसो छ । अर्को तर्फ बनगाड खोलामा पानी नभएका कारण धानको ब्याड समेत लगाउन पाएका छैनन् । किसानले लगाएको तरकारी समेत सुकेको छ । वर्षेवालीको तयारीमा जुटनु पर्ने समयमा किसाना फुसर्दिला वनेका छन् । समयमा पानी नपर्दा सवै वाली नालीको समय घुर्किएको ठाकुर वुढाको दुखेसो छ । यती वेला पाखावारिमा धान मकै उर्मि सकेको हुन्थ्यो तर पानी नपर्दा किसानले वाँझो समेत मार्न पाएका छैनन् ।
असौजमा पानी नपर्दा हिउँदे वाली समेत लगाउन नपाएका किसान वर्षो समयमाको सुरुवातीमा समेत खडेरीले गर्दा वर्षे वाली लगाउन पाएका छैनन् । पाखा वारिहरु वाँझै छन् भने खेतबारिमा राख्ने धानको ब्याड समेत खोलामा पानी नहुदाँ राख्न पाएका छैनन् । सुख्खा याममा पानी नपर्दा गाउँघरका खानेपानीका मुहानहरु सुकी सकेका छन् । गाउँ घरहरुमा खानेपानीको निक्कै हाहाकार छ । चैत्र महिनामा लगाएको मकै खेतवारिमा सुक्न थालेको छ । खेतबारीमा लगाएको चरकारी समेत सिचाई नहुँदा सुक्न थालेको छ । बनगाड खोलामा पानी नहुदाँ गाई वस्तुलाई समेत पानी खुवाउन समस्या भईरहेको छ ।
लामो खडेरीका कारण सल्यान पश्चिमका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी नपर्दा खानेपानी देखि वर्षे वाली समेत लगाउन समस्या भईरहेको छ । सुख्खा खडेरीसँगै चर्को गर्मिले विद्यालयहरुको पठन पाठन समेत प्रभावित हुने गरेको छ । खडेरीकै कारण विरामीको संख्या समेत वढ्न थालेको छ ।