वडा कार्यालय र स्वास्थ्य चौकि स्थापनाका लागि ५ रोपनी जग्गा प्रदान

  १९ भाद्र २०७६, बिहीबार ११:१३

दुर्गा वि.सी.

सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा २ बामेको वडा कार्यालयलाई स्थानीय दिलिप खत्रीले ५ रोपनी जग्गा दिनु भएको छ । वडा कार्यालयको जग्गा नहुदाँ र भवन अभावमा उक्तm वडा कार्यालय भाडामा वस्दै आएको छ । वडाले जग्गा पाए पछि अव भवन निर्माण हुने वडा अध्यक्ष प्रतिमल वुढाले जानकारि दिनु भएको छ । वडा नं. ५ को कार्यालय वाहेक अन्य सवै ११ वटै वडा कार्यालयहरु भाडामै सञ्चालन भैरहेका छन् ।

जग्गा नहुदाँ कति वडा कार्यालयहरुले भवन वनाउन अफ्ठेरो परेको जनाएका छन् । जग्गा र भवनमा रकम सकिदाँ विकास निर्माणमा समस्या हुने वडा अध्यक्षहरुको भनाई छ । स्थानीय दिलिप खत्रीले अन्य व्यक्तिबाट ३ लाखमा जग्गा किनेर वडा कार्यालय स्थापना र स्वास्चौकि स्थापनाको लागि उक्त ५ रोपनी जग्गा दान गरेका छन् । सो जग्गा वडा कार्यालयको नाममा रजिष्ट्रेशन समेत गरिदिएका छन् । वडा कार्यालयलाई दिएको जग्गा बामे जोड्ने सडकको किनारामा रहेको छ । अन्य स्थानीयले समेत खत्रीको प्रसंसा गरेका छन् । ३ लाख १५ हजारमा दास्रो व्यक्तिबाट जग्गा किनेर वडा कार्यालयका नाममा पास समेत गरिदिएको जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website