वडा ५ ले गर्र्यो खेलाडिई वधाई तथा सम्मान
दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे वडा ५ ले प्रथम मेयर कप विजेता खेलाडिहरुलाई सम्मान तथा वधाई कार्यक्रम गरेको छ । प्रथम मेयर कप भलिवल खेलमा पुरुष तर्फ दोस्रो र महिला तर्फ तेस्रो भएकोमा खेलाडिहरुलाई वडा कार्यलयमा वधाई दिनुका साथै सम्मान समेत गरीएको छ । कार्यक्रम वोल्दै वडा अध्यक्ष तथा कार्यक्रक्रमका अध्यक्ष कमल वि.क.ले खेलाडिहरुलाई खेल सामग्री समेत वितरण गर्नु भएको छ । खेलाडिहरुको खेललाई अझै परिमार्जणका लागि खेल मैदान,खेल सामग्रीको व्यवस्था गर्ने जनाउनु भएको छ । आगमी वर्षमा भलिवल मात्रै नभएर वडा अध्यक्ष कप तथा अन्य खेलहरुलाई पनि स्थान दिने जनाएको छ । खेलसँगसँगै विकास निर्माण कार्यमा समेत आफ्नो वडाले अव्वल रुपमा काम गरिरहेको जनाउनु भयो ।
त्यसै गरि कार्यक्रममा नेकपाका किर्ती वहादुर राना,टोप वहादुर विष्ट,तिलक नेपाली,कार्यपालीका सदस्य गिता वि.क.पत्रकार दुर्गा वि.सी,भलिवल टिम क्याप्टेन देववहादुर विष्ट लगाएतका व्यक्तीहरुले अझै थप प्रगतिको शुभकामाना दिदै वधाई तथा सम्मान कार्यक्रममा आफ्ना भनाई राख्नु भएको थियो । खेलाडिहरुलाई सम्मान गर्न सवै स्थानीयहरु जम्मा भएका थिए । बधाई तथा सम्मान कार्यक्रमको सञ्चालन वडा कार्यलयका प्राविधीक नारायण रानाले गर्नु भएको थियो ।