वत्तीका कारण सल्लीवजारको व्यापार व्यवसाय चौपट

  २६ असार २०७६, बिहीबार २२:००

दुर्गा वि.सी.

सल्यानको सल्लीवजारमा दैनिक २४ घण्टा नै वत्ती नहुदाँ नागरिक ठुलो मारमा परेका छन् । ०७५ फाल्गुण यता दैनिक मुस्किलले २ घण्टा मात्रै वत्ती आउने गरेको छ । वीतीय संस्था हुदै इलोक्ट्रोनिक पसल, फोटकपी मात्रै थापेर वसेकाहरुको व्यवसाय धरासय वनेको छ । वत्ती नहुदाँ बैकमा प्रत्यक्ष असर परेको छ । वत्तकिै कारण योजनाका भुकतानी लिएर गाउँ गाउँबाट कामले नगरमा आएका सेवाग्राहीहरु समेत माईनोत अन्य कागजात फोटकपी गर्न नपाउँदा ठुलै सास्ती खेपिरहेको देखिन्छ । दिनमा मुस्किलले दुई घण्टा वत्ती आउने गरेको दिनरात वत्ती देख्न नपाउँदा स्थानीय आक्रोसित समेत वनेका छन् ।

सुर्खेत जहरे शाखा,वितरण केन्द्र रामघाट लगाएतका क्षेत्रबाट वत्ती काटने र चरम लापरवाहि हुदाँ सल्लीवजार आसपासका क्षेत्रका सेवाग्राहीमा मारमा परेका छन् । वत्तीको लागि स्थानीयवासि जति कराए पनि कसैले कुरा नसुने देखिन्छ । सल्लीवजारमा रहेको विद्युत कार्यलयमा समेत कर्मचारि नहुदाँ काममा कठिनाई भएको छ । सल्ली रुटमा काम गर्ने दक्ष प्राविधीक नहुदाँ समेत वत्तीको समस्या निक्कै वढिरहेको छ । अर्को तर्फ विद्युत कार्यलय सुर्खेतले कर्मचारिका सेवा सुविधामा कटौती गरेपछि विग्रीएको वत्ती वनाउन कर्मचारिले खासै वास्था नदेखाएको देखिन्छ । नास्ता देखि यातायात खर्च कटौति गरेपछि विग्रीएको वत्ती वनाउन कर्मचारिहरु आनाकाना गर्ने गरेको स्थानीयको भनाई छ । सल्ली युनिट,सुर्खेत सिम्ता युनिटमा समेत दक्ष कर्मचारिसँगै अन्य कर्मचारिको अभावले यो क्षेत्रका नागरिक वत्तीमुनिको अध्यारोमा रातदिन काट्न वाध्य छन् । समस्या प्रति वोलिदिने र भनि दिने निकायको अभावमा सोझासाझा नागरिक पिल्सिएका छन् । रामघाट लगाएत जहरे युनिटले विग्रीएको वत्ती सल्लीलाई विहान खबर नगरि वेलुकि ६ वजे मात्रै खबर गर्ने गरेको छ । स्थानीयले वत्तीको विषयमा सोधपुछ गर्दा सुर्खेत रामघाट र जहरे युनिटका कर्मचारिले उल्टै थर्काउने गरेका छन् । जहरे शाखाका कर्मचारिको अत्यधिक लापरवहिले सल्यान सल्ली, जाजरकोट र सुर्खेत उत्तरिपुर्वि क्षेत्र सिम्ताका नागरिकले दुख पाईरहेका छन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website