वनगाड कुपिण्डेमा प्रथम मेयरकप प्रतियोगिता सुरु, खेलसंगै मौलिक संस्कृतीलाई प्राथामिकतामा राखियो
सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा प्रथम मेयरकप प्रतियोगिता उद्घाटन भएको छ ।
स्थानिय स्तरका युवाहरुलाई खेलकुदमा प्रोहत्सान गर्ने लक्ष्यसहित संचालित मेयर कप प्रतियोगिता उद्घाटन गरिएको हो । उद्घाटन सत्रमा सल्यानका स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थिती रहेको थियो । नगरका १२ वटै वडावाट पुरुषतर्फ १२ वटा टिम र महिलातर्फ ९ वटा टिम सहभागी भएका छन् ।
मेयरकपको उद्घाटन विशिष्टि अतिथी बागचौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकिले गरेका थिए । कार्यक्रममा कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया वुढामगर, दार्मा गाउँपालिकाका अध्यक्ष निम वहादुर केसी लगायतका वक्ताहरुले प्रथम मेयर कपको शुभकामना मन्तव्य राखेका थिए । नगरका प्रत्येक वडाहरुबाट पुरानो संस्कृति जगेर्ना हुने गरी झाँकि सहितका नृत्यहरु प्रस्तुत गरिएको हो । नगरस्थित पुराना लोप हुने अवस्थामा पुगेका बनगाडी टप्पा, सैरेलु, सिंगारु, पञ्चेवाजा, हिउँपा, मयूरनाँच र लहरे नाच प्रस्तुत गरिएको थियो ।
नगरबासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख गोविन्द कुमार पुनले खेलसँगै लोपहुन लागेका बनगाडका मौलिकपन झल्कीने संस्कृतीले हर कोहीको मन छुने बताउनु भएको थियो । खेल जगत संगसंगै कला संस्कृतीको समेत नगरले जर्गना गर्ने जनाउनु भएको छ । हाम्रा पहिचान, भेषभुषा, भाषासंस्कारको संरक्षण गर्नु नगरको प्रमुख दायित्व भएकोले मेयरकपमा विभिन्न संस्कारका नृत्य समेत प्रदर्शन गरेकामा खुसी व्यक्त गर्नुभएको हो।
उद्घाटन सत्रको सुरुमा जनप्रतिनीधी र कर्मचारी विचको मैत्रीपुर्ण खेल आयोजना गरिएको थियो । खेल ३ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।