वन डडेलो सम्बन्धि जनचेतना मुलक सडक नाटक कार्यक्रम

  ३२ जेष्ठ २०७६, शनिबार १९:१८

वन डडेलो सम्बन्धि जनचेतना मुलक सडक नाटक कार्यक्रम
सल्यान जिल्लाका विभिन्न स्थानमा वन डडेल सम्बन्धि जनचेतना मुलक सडक नाटक सम्पन्न भएको छन् । जिल्लाका छत्रेश्वरी गाउँपालिकाको लान्ती, शारदा नगरपालिकाको श्रीनगर र बागचौर नगरपालिकाको थारमारेमा कुबुद्घी नामक सडक नाटक प्रस्तुत गरिएको हो ।


जिल्ला विभिन्न ठाउँहरुमा वर्षेनी आगलागी वन डडेलो बाट भइरहेको जन धनको क्षेती न्युनिकरण गर्नको लागि र आगामी दिनमा वन डडेलो कसरी नियन्त्रण गर्न सकिन्छ, वनमा आगलागि हुन नदिन के गर्न सकिन्छ, वन डडेलोले समुदायमा के कस्तो असर पार्छ, वनमा आगो लगाउने ब्यक्तीलाई कस्तो किसिमको कार्वाही हुन्छ भन्ने उदेश्यले नाटक प्रस्तुत गरिएको थियो ।


डिभिजन वन कार्यालय सल्यानको सहयोग युवा शिर्जनसिल मञ्च सल्यानको आयोजनामा भएको कार्यक्रममा शारदा नाट्य संस्थाको प्रस्तुती रहेको थियो ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website