वार्षिकोत्सवका अवसरमाको शिव जन मा.वि.को बजार सरसफाई शुक्रबार स्वास्थ्य शिविर संचालन गरिने

  ९ जेष्ठ २०७६, बिहीबार १८:५८

शिवजन माध्यमिक विद्यालयले सितलपाटि सल्यानले आफ्नो ६० औं वार्षिकोत्सवका अवसरमा विहिवार श्रीनगर बजार सरसफाइ गरेको छ ।
१ हजार बढि विद्यार्थी तथा शिक्षक, कर्मचारी, तथा अभिभावकको सहभागीतामा बजार सरसफाई सम्पन्न भएका हो ।

६० औं वार्षिकोत्सवको अवसरमा शिवजन माविले शुक्रवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जसमा शिवजन माविले सम्पूर्ण विद्यार्थी, अभिभावक, तथा यस आसपासका क्षेत्रका जनसमुदायको लागि लक्षित गरि निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनु भयोे । कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. श्याम वि.क. लागायतको विशेषज्ञ टोलिले स्वास्थ्य परिक्षणका लागि आउन लागेको विद्यालयले जनाएको छ । विद्यालयले जेठ ११ गते का दिन विविध कार्यक्रमका साथ बार्षिकोत्सव मनाउने जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website