विकट मानिएको वस्ती बामेमा वस पुगे पछि स्थानीय खुसी

  २८ जेष्ठ २०७६, मंगलवार ११:४८

दुर्गा वि।सी।
सल्यानको बामेमा आज पहिलोपटक वस पुगेको छ । बनगाड कुपिण्डेको वडा २ बामेमा वस पुगे पछि स्थानीयले वाजागाजा सहित वसलाई स्वागत गरेका छन् । औलवेसि,भिरपाटि डाँडागाउँ हुदै हुदै वाहुन गाउँ सडकको बनगाड नगर नगर प्रमुख तथा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ ।

केहि वर्ष अघि ट्रयाक खोलिए पनि सडकको स्तरवृद्धि नहुदाँ जिप समेत राम्रोसँग चल्न सकिरहेका थिएनन् । नगरको १० लाख वजेटले स्तरवृद्धिको थप काम भए खास बामेमा वस पुगेको छ । नगरको केन्द्र देखि ३ नम्बर वडा औलवेसि सम्म मात्रै यातायातका साधान सञ्चालन हुने गरेका थिए । अव ६ किलोमिटर स्थानमा सडक सुधारसँगै निर्वाध रुपमा गाडि सञ्चालनमा आउने भएका छन् । बाटो उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुनले बाटो उद्घाटन कार्यक्रम स्थानमा स्थानीय चुनावमा उक्त गाउँमा सडक पु¥याउने वाचा गर्नु भएको थियो । तर जनतासँग वोलेको वाचा २ वर्षमै पुरा भएको आज सोहि स्थानबाट उद्घोष गर्नु भएको छ ।

बामे जाने सडक स्तरउन्नतीको कामसँगै चरम खानेपानी समस्या,शिक्षा,स्वास्थ्य सुविधा र कृषि क्षेत्रमा आफुले बाँकी कार्यकालमा अधुरा काम गर्ने जनाउनु भएको छ । सल्यानको विकट मानिएको वस्तीमा वस पुगेको छ भने अझै अन्य कामहरु गर्न बाँकी रहेको जनाएको छ । गाउँमा वस पुगे पछि स्थानीय खुसीले हर्षित भएका छन् भने सधै सडकमा गाडि चल्ने गरि सडक स्तरवृद्धिको काम गरिदिन माग गरेका छन् । बामेको औलवेसि देखि बामे सम्मको लागि ६ किमी बाटोमा ४२ लाख ७० हजार वजेट खर्च भईसकेको सडक निर्माण समितीका अध्यक्ष केसर खत्रीले वताउँनु भएको छ । सडक उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी नगर उप प्रमुख मञ्जु यरी, नेकपाका नेता धन वहादुर पुन, किर्तीवहादुर राना, शिक्षक महासंघ कर्णालि प्रदेशका उपाध्यक्ष अकबर पुन, दुर्गा वुढाथोकि, चन्द्रीका पुन लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website