विद्यालय कर्मचारि परिषद बनगाड कुपिण्डेको तेस्रो अधिवेशनबाट खड्का अध्यक्ष
दुर्गा वि।सी। श्रावाण,३२
नेपाल विद्यालय कर्मचारी परिषद बनगाड कुपिण्डे नगरपालीकाको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट कमल खड्काको अध्यक्षतामा १७ सदस्य नगर कमिटी गठन भएको छ । भेलामा उपस्थित विद्यालय कर्मचारिले वर्षौ देखि महिनाको ३२ सय तलवमा गुजरा चलाउन हम्मे हम्मे परेको दुखेसो पोखेका थिए । ६५ वटा विद्यालयका ७२ जना कार्यालय सहयोगी र विद्यालयका लेखापालहरुको उपस्थिती रहेको थियो ।
न्युन तलवबाट जीवन निर्भाहा सञ्चालन गर्न ग्राहो भईरहेको अधिकांसको दुखेसो रहेको थियो । स्थानीय तह हुदै,प्रदेश सरकार केन्द्र सरकाले समेत विद्यालय कर्मचारि प्रति व्यवास्था गरेको र विद्यालय कर्मचारिका नेतृत्वसँगै शिक्षक महासँग समेत आफुहरुका कुराहरुलाई ज्वलन्त रुपमा नउठाईदिएको वताएको छ । १—३ कक्षा सञ्चालनका कर्मचारिको ३२ सय,१—५ कक्षा सञ्चालनको ४५ सय र निमावि तथा मावि तहका कर्मचारिको तलव ७५ सय दिईएको छ । न्युन तलवमानसँगै कति विद्यालयका कार्यालय सहयोगिहरुले विद्यालयमा पढाउनु पर्ने समस्या समेत रहेको जनाएका थिए । कति विद्यालयहरुका कार्यालय सहयोगिहरुले कार्यालयको कामकाज कक्षा कोठा सरसफाई देखि पढाउने कुरामा समेत सघाईरहेको पाईन्छ । न्युन तलव मानले घर खर्च चलाउन हैरानी परेको भन्दै यो वर्ष मात्रै नगरका विभिन्न वडाबाट गरि दर्जन वढि विद्यालयका कार्यालय सहयोगिले जागिर छोडेका छन् । हालको तलव मानले महिनामा नास्ता खर्च समेत नहुने भएकोले उनिहरु जागिर छोड्न वाध्य भएको जनाएका छन् । साथै आज सम्पन्न भएको नगर कार्या समितीलाई विद्यालय कर्मचारिको हकहितका लागि निर्माण भएको आन्दोलन समिती भनेर वुझ्न समेत नव गठित अध्यक्ष कमल खड्काले घोषणा गर्नु भएको छ । नगर महिला उपाध्यक्षमा विना राना,पुरुष उपाध्यक्षमा भोला प्रसाद आचार्य,सचिवमा प्रसान्त साहु, स—सचिवमा निर्मला डाँगि,कोषाध्यक्षमा मोहनराज वि।सी,स—कोषध्यक्षमा तुलसिं राना,सदस्यमा धने खत्री,ओविराम कामी,रेशम कामी,खिलक वुढाथोकि,कृष्ण वली,अर्जुन पुन,रचना पुन,तारा राना,राम प्रसाद यादव र शेरवहादुर घर्तिलाई छनौट गरिएको कर्णाली प्रदेश महिला स—सचिव कल्पना शाहले जानकारि दिनु भएको छ ।