विद्युत प्राधिकरण सल्यानको विद्युतीकरणको काम सल्यान पश्चिममा सुन्य
दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा विद्युतीकरणको काम सुन्य गतिमा रहेको छ । नगरपालीकाको विद्युतीकरणको १ करोड २० लाख वजेट समेत काम नभई र्फिज भएको छ । विद्युत प्राधिकरण सल्यानसँगको साझेदारीमा काम गर्ने उदेश्यले नगरले योजना अघि सारेको थियो तर विद्युत प्राधिकरणले आफ्नो काम नगरेका कारण नगरले समेत गत वर्षको वजेटमा काम गर्न नसकिएको जनाएको छ । अर्को तर्फ विद्युत प्राधिकरण सल्यानको काम समेत यो नगरमा झारा टार्ने भएको छ । गत वर्ष नै वत्ती वल्ने भनिएका केहि वडाका वस्तीहरुमा पोल र लाईनको काम नगर्दा अलपत्र परेको छ ।
सल्लीवजार देखि सुनौली टाट्के,घाँजरीपिपल,बामे जाने पोलहरु हावाले ढालि सकेको छ । स्टेमेट अनुसार काम नगर्दा पुन यो वर्ष पनि सोहि क्षेत्रमा विद्युत प्राधिकरणले काम सञ्चालन गर्न लागेको छ । भौगलीक भुवन हेरेर ५० मिटरको दुरीमा पोलिङ्ग हुनु पर्ने हो तर ८० मिटरको फरक पारेर पोलीङ्ग गार्दा समेत विद्युत प्राधिकरणले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ । डुल्लीकेट काम हुदाँ समेत प्राधिकरण निर्माण कम्पनीलाई भुक्तानी दिने र ठेकेदारहरुले विद्युतीय काममा लापहरवाहि गर्ने गरेको स्थानीयको भनाई छ । वत्ती नपुगेका ठाउँहरुमा नगरको वत्ती वाल्ने योजना समेत सफल हुन सकिरहेको छैन् । केन्द्रीय वजेटसँगै स्थानीय निकायको वजेट प्रत्येक वर्ष काम नगरि फिर्ज भएर जाने गरेको छ । स्थानीय तहको १ करोड २० लाख,प्रदेशस सरकार र केन्द्र सरकारको १ करोड २० लाख गरि २ करोड ४० लाखको काम हुन सकेन । स्थानीय तहसँगको समन्वय र विद्युत प्राधिकरणको साझेदारिमा गत वर्ष गर्ने भनिएको काममा प्राधिकरणको सर्वे ढिलाई नगरको विद्युत तर्फको काम हुन नसकेको नगर प्रमुख गोविन्द कुमार पुनले वताउँनु भएको छ । विद्युत प्राधिकरणले नै पहिले आफ्नो काम सम्पन्न भए पछि मात्रै नगरको काम अघि वढाउन सजिलो हुने भने पछि नगरको वजेटको काम रोकिएको जनाएको छ । तर विद्युत प्राधिकरण सल्याका प्रमुख अर्जन पोख्रेलको काममा ढिला सुस्ती र लापरवािहका कारण सल्यान पश्चिममा विद्युतीकरणको कामको गति सुन्य छ । गत वर्ष भएको काममा यो वर्ष पनि पुन पोल गाड्ने काम भईरहेको छ । यस्तो वदमासि हुदाँ हुदै समेत प्राधिकरण प्रमुखको लाचारी कामले नागरिक अध्याँरामा रात काट्न वाध्य छन् । नगरको सदरमुकाम छिन्छु जाजरकोट सडक आसपास सल्लीवजार वाहेक अन्य वडाका वस्तीहरुमा हाल सम्म विद्युतीकरणको काम अघि वढ्न सकिरहेको छैन् ।