विपदवाट हुने क्षेति न्युनिकरणका छलफल तथा प्रदर्शनी .

  २३ बैशाख २०७६, सोमबार १७:०६

पदम गिरी बैशाख २३ सल्यान विपदवाट हुने क्षेति न्युनिकरण सम्बन्धि प्रदर्शनी र छलफल कार्यक्रम सोमबार जिल्ला जिल्ला प्रशासन कार्यालय सल्यानमा सम्पन्न भएको छ ।
जिल्लाका दश वटै स्थानियका जन प्रतिनिधिहरुको उपस्थिति र जिल्ला प्रशासन कार्यालय सल्यानको अगुवाइमा जिल्लामा हुने विपद पुर्व तयारी क्रियाकलापलाई संगठित र ब्यवस्थित बनाई प्रभावकारी तरिकाले संभावित क्षेति, नोक्सानीलाई न्यूनिकरण गर्ने उदेश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो । जिल्ला स्थित सम्पुर्ण स्थानिय तहहरुको विपद, तथा प्रतिकार्य योजना निमार्णको लागि जिल्लाका नगरपालिका र गाँउपालिकाले ५० हजार र ३५ हजारका दरले आर्थिक योगदान माफर्त नेपाल रेडक्रस जिल्ला शाखा सल्यानलाई जिम्मेवारी प्रदान गर्ने सो छलफलमा निर्णय गरिएकोे छ ।
जिल्ला स्थित सम्पुर्ण स्थानिय तहहरुमा रहेका उद्दार तथा राहतका सामाग्रीहरुको विवरण जिल्ला प्रशासन कार्यालय सल्यानमा राख्ने र विपदको समयमा ति सामाग्रीहरु आदान प्रदान गरि राहात वितरण कार्य प्रभावकारी ढंगले अधि बढाउने र साथै उद्दार तथा राहतको लागि अति आवश्यक मौज्दात सामाग्रीको खरिद योजना र विपद प्रतिकार्यका लागि भौतिक योजना निमार्ण योजना जिल्ला प्रशासन कार्यलयमा पठाउने निर्णय गरेको छ ।
विपद् आवश्यक प्रकृतिक हुने हुदाँ विपदको समयमा के कति सामान उपलब्ध हुन सक्छन् भनि पुर्व आंकलन गर्न विपद् पश्चात गरिने उद्दार कार्यको तयारी स्वरुप कुपिण्डेदहमा डुगां चालक तथा रेस्क्यु तालिम सम्बन्धित नगरपालिका संग समन्वय गरेर सचांलन गर्ने र विपद् पश्चात गरिने उद्दार कार्यको नमुना प्रर्दशन यहि जेठ १० गते भित्र निर्णय गरेको छ । साथै विपदबाट क्षेति न्युनिकरण सम्बन्धि सशस्त्र प्रहरी सल्यानले प्रर्दशनी गरेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website