शारदा नगपालिका सल्यान द्वारा गरिब तथा विपन्न परिवारलाई राहत, त्रिजमाविमा २० बेडको क्वारेन्टाइन कक्ष संचालनमा ल्याउने ।।
शारदा नगरपालिका सल्यानले लकडाउन को समयभित्र अत्यावस्यक दैनिक सामग्री जोहो गर्न नसक्ने,ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवार हरुको पहिचान गरि २ हजार रुपैया आर्थिक सहयोग गर्ने भएको छ।
कोरोना सङ्क्रमण लाई रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउनूको समय सिमा १८गते सकिने र यो प्रकृया अझै लम्बिने अवस्था देखिएपछी नगरले यस्तो निर्णय गरेको हो । लकडाउनको समयसिमा लम्बिन अवश्था आएमा त्यस्ता गरिव तथा विपन्न परिवार लाई मासिक २ हजार सहयोग गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको नगरका प्रवक्ता दिपक हमालले जानकारी दिनुभयो। त्यस्ता गरिव तथा विपन्न परिवार पहिचान गर्ने जिम्मा वडा अध्यक्ष हरुलाइ दिइएको छ।
त्यस्तै, नगरले खलङ्गा सदरमुकाममा रहेको त्रीभुवन जन माध्यामिक बीद्यालयको भवनमा २० बेड क्षमताको क्वारेन्टाइन कक्षको ब्यवस्थापन गर्ने भएको छ। प्रवक्ता हमालका अनुसार क्वारेन्टाइनमा राखिनेहरुको आवस्यक खर्च नगरले ब्यहोर्ने छ। नगर कार्यपालिकाको बैठकले नगर भित्रका स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि सन्चार खर्च स्वरुप रु ३ हजार रुपैया उपलव्ध गराउने, नगर क्षेत्र भित्र कार्यरत संघ सस्था, बजार ब्यवस्थापन समिती तथा व्यक्ती हरुले कुनै राहत प्याकेज घोषणा गर्दा नगर सङ्ग समन्वय गरेर मात्र घोषणा गर्न निर्देशित गर्ने पनि निर्णय गरेकोछ।
त्यस्तै, नगर भित्र कुनै विषम परिस्थिती निर्माण हुन गएमा र नगरवासी हरुलाइ राहत पु¥याउनु पर्ने अवस्था आएमा नगरको जुनसुकै शिर्षकको कोष बाट समेत रकम परिचालन गर्न सकिने निर्णय भएको प्रवक्ता हमालले जानकारी दिनुभयो।
शारदा नगर प्रमुख सुरेश अधिकारिले नगरवासी हरुलाइ सरकारले आव्हान गरेको लकडाउनको पालना गर्न र सामुहिक भेटघाट लाई निरुत्साहित गर्न अनुरोध गर्नुभयो।उहाले बिदेश र भारत वाट आएका नगरवासी हरुलाइ घरबाहिर ननिस्कन र कम्तिमा १४ दिन सम्म लापर्वाही नगर्न पनि अनुरोध गर्नुभएकोछ।
नगरले तयार पारेको आकडा अनुसार हालसालै नगरभित्र करिव १ सय ४ जना बिदेश र भारत बाट घर फर्किएको पाइएकोछ।यो सङ्ख्या अझ बढी हुने आकलन छ।
कोरोना भाइरसको संक्रमण बढने सन्त्रास र चिन्ता बढ्न थालेपछी नगरले आकस्मिक स्वास्थ्य अधिकारि हरु र सल्यान अस्पतालका चिकित्सक समेत लाई आमन्त्रण गरि छलफल गरेको थियो।