बिहे नगरे पनि आमा बन्ने अधिकार: यस्तो बन्दै छ कानुन
जेष्ठ २, काठमाडौ – नेपालमा अव विबाह नगरेपनि बच्चा जन्माउन पाइने भएको छ ।
कान्तिपुर दैनिकका अनुसार अब नेपालमा बच्चा जन्माउन बिहे गर्नैपर्ने कानूनी व्यवस्था हट्ने भएको हो । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ ।
आफ्नो शरीर आफ्नै हक भन्ने मुद्दा उठाउँदै आएका संसारभरका महिला अधिकारकर्मीको दवावमा संविधानमा ब्यबस्था भए अनुसार कानुन बनाउन लागिएको हो ।
यो कानुन जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको निर्णयविरुद्ध कडा चुनौती पनि हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ ।
- 2Shares