विरामी वोक्ने एम्बुलेन्ससँगै सव वाहन नहुदाँ नागरिकलाई सास्ती

  ८ श्रावण २०७६, बुधबार १६:५८

दुर्गा वि।सी।
सल्यानको पश्चिम क्षेत्रमा बनगाड कुपिण्डे नगरपालिकामा सव वाहन नहुदाँ समस्या भएको छ । नगरमा केहि समस्या हुदाँ नागरिक विरामी पर्दा समेत महँगो पैसा तीरेर गाडि रिर्जव गर्नु पर्ने वाध्यता छ । एम्बुलेन्ससँगै सव वाहन नहुदाँ लासलाई पोष्टमार्टम गर्न सदरमुकाम तथा सुर्खेत लिनु पर्दा यहाँका नागरिक महँगो पैसा तीररे गाडि प्रयोग गर्ने गरेका छन् । स्थाननिय विरामी पर्दा नगरमा एउटा एम्बुलेस समेत छैन् । एम्बुलेन्स नहुदाँ नारिकले महँगो पैसा तीरेर विरामी उपचार गर्न गाडि रिर्जव गर्नु पर्ने वाध्यता छ ।

इमर जेन्सी विरामीलाई समेत अन्य गाडिमा उपचार गर्न लिनु पर्ने अवस्था छ । साथै अन्य सार्वजनिक गाडिहरुमा समेत पोष्टमार्टमको लागि गाडि प्रयोग गर्नु पर्ने अझै वाध्यता छ । एम्बुलेन्ससँगै नगरमा सव वाहन गाडिको आवश्यकता रहेको स्थानीयको भनाई छ । सव वाहन गाडि नहुदाँ सर्वसाधारणले प्रयोग गर्ने गाडिमै लास वोक्नु पर्ने अवस्था छ । लासहरु पोष्ट मार्टम गर्नको लागि यहाँ देखि सदरमुकाम तथा अन्य ठाउँमा पुर्याउन निक्कै असजिलो भैरहेको स्थानीयको दुखेसो छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website